५.८३ अंक घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौँ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।मंगलबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो ।
नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.८३, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। मंगलबार ५७ करोडको शेयर कारोबार भएको बजारमा आज २९६ स्टकको ७७ हजार ८७० पटकको कारोबारमा ८१ करोड २० लाख ८९ हजार रुपैयाँ बराबरको ३३ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज लगानी उपसमूहको परिसूचक ०.०८ प्रतिशत बढेको छ।
बुधबार सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। हिमालयन लघुवित्तको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको सोनापुर मिनरल्सको शेयरमूल्य यस दिन सर्वाधिक ७.९९ प्रतिशत घटेको छ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया