राष्ट्रिय मानव अधिकार आयोग ‘क’ श्रेणीमै रहने निश्चित

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी यथावत् रहने निश्चित भएको छ।
राष्ट्रिय मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ग्लोबल अलायन्स फर नेसनल ह्युमन राइट इन्स्टिच्युसन (गानरी) को उपसमिति एससिएले आयोगलाई बुधबार पत्र पठाएर अहिले ‘क’ श्रेणीमै राख्ने जानकारी गराएको आयोगका सूचना अधिकारी जनकबहादुर रावलले जानकारी दिए ।
उपसमितले आयोगलाई ‘ख’ श्रेणीमा झार्न एक वर्षअघि सिफारिस गरे पनि राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानुन बन्ने प्रक्रिया अघि बढेको र अहिले आयोगको काम चित्तबुझ्दो भएकाले ‘क’ श्रेणीमै यथावत् राख्ने निर्णय भएको जानकारी आएको सूचना अधिकारी रावलले बताए ।
आयोगको श्रेणी घटुवा हुने खतरा बढेसँगै गत कात्तिक २ गते सरकारले आयोगसम्बन्धी कानुन बनाउन सैद्धान्तिक सहमति दिएको थियो।
गानरीमा १२० वटा देश सदस्य छन्। त्यसमध्ये ८८ वटा देश ‘क’ र ३२ वटा ‘ख’ वर्गमा छन्।
२०५७ जेठ १३ गतेदेखि सञ्चालनमा आएको आयोग २३ वर्षसम्म ‘क वर्गमै थियो।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया