भूकम्पपीडितलाई नागरिक उड्ययन प्राधिकरणको एक करोड सहयोग
मेरोन्यूज
२०८० कार्तिक २० गते ७:१९

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई रु एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने आज निर्णय गरेको नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले राससलाई जानकारी दिए ।
भूकम्पपीडितलाई सहयोग स्वरुप रु एक करोड सहयोग गर्ने र नेपालगञ्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने विमानको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय पनि प्राधिकरणले गरेको छ ।
सम्बन्धित


















रातो मच्छिन्द्रनाथको रथारोहण भोलि
पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै
कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया