चीनले १० करोडको बराबरको सहायता सामग्री पठायो
भारतले अहिलेसम्म पठाएको सहायता सामग्री कति ?

काठमाडौँ । उत्तरी छिमेकी चीनले गत शुक्रबारको भूकम्पका कारण विचल्लीमा परेका जाजरकोटसहितका पीडितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ–रसुवागढी नाका हुँदै उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपालतर्फ आइसकेको जानकारी दिए।
राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन्।
राजदूत सोङले ती राहत सामग्रीहरू सीधै जाजरकोट र रुकुम पश्चिमसहितका भूकम्पपीडितहरूलाई पठाइने जानकारी दिए ।
चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपत्को यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताए। उनले भूकम्पपीडितको घर पुनर्निर्माणमा पनि सघाउने बताएका छन्।
सोमबार मात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेका थिए। भेटमा भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका विषयमा दुईजनाबीच कुरा भएको थियो।
शुक्रबार गएको भूकम्पको क्षतिबारे जानकारी पाउनासाथ शनिबार चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री दिने घोषणा गरेको थियो।
आइतबार मात्रै भारतले पनि नेपालका लागि राहत सामग्री सेनाको विशेष जहाजबाट नेपालगञ्जबाट पठाएको थियो। भारतले पनि उक्त राहत सामग्री पहिलो खेप भएको बताउँदै थप पठाउने जानकारी दिएको थियो।
भारतले यसअघि नै सहायता सामग्री पठाइसकेको छ । अहिलेसम्म भारतले पठाएको सामग्रीको विवरण यस्तो छ ।
१) डबल फ्लाई टेन्ट-८४ वटा
२) प्लाष्टिक त्रिपाल:- ६२५ वटा
३) स्लिपिङ ब्याग:- २११२ वटा
४) ब्लांकेट:- २२३० वटा
५) सिंगल फ्लाई टेन्ट:- ६५ वटा
६) स्वास्थोपचार विभिन्न सामग्री:-३००० केजी.

















२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२२५ केजी गाँजासहित दुई जना पक्राउ
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
प्रतिक्रिया