लुम्बिनीमा कथिन चिवर दान उत्सव

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव गरिएको छ ।
भिक्षुहरूको विनयअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर सोमबार सो उत्सव गरिएको हो ।
रुपन्देहीजिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलबस्तुजिल्लाको तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् ।
बौद्धभिक्षु उपसम्पन्न गर्नाका साथै तीन महिनासम्म ध्यान र ज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास ‘कथिन चिवरदान’लाई उत्सवका रुपमा मनाउने गर्दछ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ ।
बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियम पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्नाका साथै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक प्रवद्र्धन गर्ने पनि उल्लेख गरे ।
कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्न स्थानीयवासीसँग लुम्बिनी भन्ने नीति लिइएकोसमेत कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनीस्थित राजकीय बुद्ध विहारका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए ।
दान, शिल र भावनाको विकासका साथै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कारसमेत हुने उनले उल्लख गरे ।
‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु, भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समितिसहित सरोकारवालाको उपस्थिति थियो ।
उक्त अवसरमा सङ्घदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ ।
बिहान श्रीलङ्कन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।









भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
छुटे दुर्गा प्रसाईं
भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह
कास्कीको अन्नपूर्ण आसपास भूकम्प
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, कम्तीमा ६ जनाको मृत्यु
प्रतिक्रिया