बिहीबार, वैशाख ३, २०८३

लुम्बिनीमा कथिन चिवर दान उत्सव

मेरोन्यूज २०८० कार्तिक २१ गते १२:२८

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीस्थित राजकीय बुद्ध विहारमा ‘कथिन चिवर दान’ उत्सव गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

भिक्षुहरूको विनयअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर सोमबार सो उत्सव गरिएको हो ।

रुपन्देहीजिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकाकी मीना गुप्ता र कपिलबस्तुजिल्लाको तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन् ।

बौद्धभिक्षु उपसम्पन्न गर्नाका साथै तीन महिनासम्म ध्यान र ज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास ‘कथिन चिवरदान’लाई उत्सवका रुपमा मनाउने गर्दछ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ ।

बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियम पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ । चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्नाका साथै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले लुम्बिनी गुरुयोजनाभित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै सांस्कृतिक प्रवद्र्धन गर्ने पनि उल्लेख गरे ।

कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्न स्थानीयवासीसँग लुम्बिनी भन्ने नीति लिइएकोसमेत कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनीस्थित राजकीय बुद्ध विहारका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए ।

दान, शिल र भावनाको विकासका साथै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कारसमेत हुने उनले उल्लख गरे ।

‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु, भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समितिसहित सरोकारवालाको उपस्थिति थियो ।

उक्त अवसरमा सङ्घदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ ।
बिहान श्रीलङ्कन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।

प्रतिक्रिया