११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुग्यो नेप्से

काठमाडौँ । मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ । सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
मंगलबार नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.४६, फ्लोट इण्डेक्स ०.६२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक बढेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन करिब ९४ करोडको शेयर कारोबार भएको बजारमा आज २८५ स्टकको ४० हजार ६०० पटकको कारोबारमा ९९ करोड ६५ लाख ८६ हजार रुपैयाँ बराबरको ४३ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक १.५१ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। बैंकको यस दिन ९ करोड १६ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ। त्यस्तै, माछापुच्छ्रे बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोनापुर मिनरल्सको करिब ६ करोडको शेयर किनबेच भएको छ।


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
प्रतिक्रिया