दाइजो कम ल्याएको भन्दै श्रीमतीलाई यातना दिने इन्जिनियर गुप्ता पक्राउ

काठमाडौँ । विवाहमा ल्याएको दाइजो कम भएको भन्दै थप दाइजो ल्याउन दबाब दिँदै श्रीमतीलाई यातना दिने इञ्जिनियरलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्जिनियर ३१ वर्षीय सुमितकुमार गुप्तालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो।
धनुषाको जनकपुर– ४ घर भइ ललितपुर–२ सानेपा बस्ने गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।
उनले २१ मंसिर २०७९ मा बाराकी पुनम कुमारी गुप्तासँग विवाह गरेका थिए। विवाहको समयमा नै उनले २१ लाख रुपैयाँ दाईजो लिएका थिए।
पछि पटक–पटक गरी नौ लाख बराबरका सामान लिएका थिए। त्यसपछि पनि थप दाइजो माग्दै उनले श्रीमतीलाई शारिरीक तथा मानसिक यातना दिदै आएको उजुरीका आधारमा सुमितलाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।
सुमितकी आमा सुशिला देवी गुप्ताले समेत यातना दिएको उजुरी परेको छ। उनी भने फरार छिन्।
यो घटनामा विवाहमा लेनदेन गर्न नहुने (दाइजो)सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको एसपी कार्कीले बताए।
















नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
बतास एमएडब्लूद्वारा इटहरीमा नयाँ फ्यासिलिटीसहित भोल्भो आइशर शोरुमको उद्घाटन
लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया