बिहीबार, फागुन २१, २०८२

बतास एमएडब्लूद्वारा इटहरीमा नयाँ फ्यासिलिटीसहित भोल्भो आइशर शोरुमको उद्घाटन

मेरोन्यूज २०८२ माघ २६ गते १३:४०

इटहरी । बतास एमएडब्लू कमर्शियल भेहिकल्सले सुनसरीको रामधुनी नगरपालिका, तित्रिवनमा अत्याधुनिक थ्रीएस आइशर फ्यासिलिटी शोरुमको उद्घाटन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

योसँगै कम्पनीले पूर्वी नेपालमा कमर्शियल गाडीको बिक्री तथा आफ्टर सेल्स सर्भिसको सेवामा आफ्नो प्रतिबद्धता थप सुदृढ गरेको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा रामधुनी नगरपालिकाकी उप–प्रमुख श्रीमती तारा थापा, एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल, बतास एमएडब्लू कमर्शियल भेहिकल्सका प्रबन्ध निर्देशक शान्त राज बतास तथा ईभी कमर्शियल भेहिकल्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख अमन अरोरा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उपाध्यक्ष हेमन्त पुराणिकले भने, ‘रामधुनी/इटहरीमा नयाँ थ्रीएस फ्यासिलिटी सुरु गरेर हामीले यो महत्वपूर्ण बजारमा हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाएका छौं। यस मार्फत् ग्राहकहरूलाई विश्वस्तरीय उत्पादन, व्यावसायिक आफ्टर सेल्स सर्भिस र उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्न हामी प्रतिबद्ध छौं ।’

नव उद्घाटित फ्यासिलिटी दक्ष प्राविधिक, आधुनिक डायग्नोस्टिक उपकरण र पूर्ण रूपमा सुसज्जित स्पेयर पार्ट्स सेन्टरसहित सञ्चालनमा आएको छ, जसले छिटो सेवा प्रदान गर्दै सवारीको अधिकतम अपटाइम सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले समूहको अनुशासित विकास र संस्थागत निर्माणप्रतिको दृष्टिकोणलाई जोड दिँदै भने, ‘यो केवल अर्को एउटा डिलरशिप मात्र नभई यस क्षेत्रको भविष्यमुखि मोबिलिटीप्रतिको हाम्रो दृष्टिकोण पनि हो। उन्नत प्रणाली, दक्ष जनशक्ति र ग्राहक–केन्द्रित सिस्टममा लगानी गरेर हामीले ग्राहकको बदलिँदो अपेक्षा र उद्योगको आवश्यकतालाई अगाडि रहेर सम्बोधन गर्ने लक्ष्य राखेका छौं।’

उनले उत्कृष्ट ग्राहक अनुभव, गुणस्तरीय सेवा र सवारी अपटाइम बढाउन बलियो बिक्री तथा आफ्टर सेल्स नेटवर्क विस्तारमा केन्द्रित रहेको पनि उनले बताए । साथै, यस उद्घाटनले पूर्वी नेपालको बढ्दो ढुवानी तथा यातायात वातावरणप्रति बतास एमएडब्लू ग्रुपको विश्वास झल्काउने र यातायात व्यवसायी तथा फ्लीट अपरेटरहरूको कार्यक्षमता र नाफा बढाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया