लेकसाइड क्षेत्र २४ सै घण्टा खुल्ला राख्न उच्च अदालत पोखराको आदेश

पोखरा । उच्च अदालत पोखराले लेकसाइड क्षेत्रलाई २४ सै घण्टा खुल्ला राख्न अन्तरिम आदेश दिएको छ ।
बुधबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले गृह प्रशासन सुधार कार्ययोजनाको आधारमा लेकसाइडका व्यवसायलाई २४ घण्टा नै खुला राख्न आदेश जारी गरेको हो ।
देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेकी थिइन् । उच्चले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य नगर्न÷नगराउन भनेको छ ।
“गृह प्रशासन सुधार कार्ययोजना २०७४ को बुदा नं. २५ मा ठमेल, दरबारमार्ग, पोखराको लेक साइड जस्ता पर्यटकको आवागमन बढी हुने क्षेत्रहरूमा २४ घण्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने छ भन्ने व्यवस्था भएको भनी निवेदकले निवेदन साथ पेस गरेको उक्त कार्ययोजना प्रतिलिपिबाट देखिँदा विपक्षीहरूको निवेदन परेको अवस्थामा कानुनबमोजिम पुनर्विचार हुन सक्ने नै हुँदा प्रस्तुत निवेदनको अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक निवेदकलाई कानुनबमोजिम व्यापार व्यवसाय गर्न रोक्ने, रोक्न लगाउने कार्य नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिएको छ,’ अन्तरिम आदेशमा उल्लेख छ ।
विपक्षी जिल्ला प्रशासन कार्यालयलाई आदेशको जानकारी गराउन पनि इजलाशले भनेको छ । यसबाहेक अदालतले १५ दिनभित्र लिखित जवाफ दिन पनि भनेको छ ।
आदेशमा छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागअनुसारको आदेश किन जारी हुनु नपर्ने हो ? निवेदकको निवेदन मागअनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहित म्याद सूचना भएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षीहरूका हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत लिखित जवाफ पेस गर्नुहोला भनी विपक्षीहरूका नाममा प्रस्तुत आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी म्याद सूचना पठाई लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार गरी पेस गर्नुहोला ।
देवीकुमारी बरालले दायर गरेको रिटमाथि वरिष्ठ अधिवक्ता मोहननाथ कोइराला, अधिवक्ताहरू शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए ।

















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया