चाडपर्वमा तस्करी हुने भन्दै निकुञ्जको सुरक्षामा कडाइ

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।
चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।
यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए । निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
“त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उनले भने, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाईएको छ ।”निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डङ्गा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ । निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ ।
निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए ।
निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो ।
कलात्मक ढुङ्गेधारा निर्माण
धार्मिक तीर्थस्थल देवघाट जाने बाटोमा कलात्मक ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटधामको विश्रामस्थलमा निर्मित सो ढुङ्गेधारा देवघाटधाम आउने तीर्थालु र मलामीलाई लक्षित गरी निर्माण गरिएको हो ।
देवघाटमा शव लैजाँदा उक्त ठाउँमा शव रोकी पिण्ड दिने प्रचलन रहेको छ । पिण्ड दिन जल ९पानी० आवश्यकपर्ने भएकाले उक्त ठाउँमा ढुङ्गेधारा निर्माण गरिएको हो । वागमती प्रदेश सरकारको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाले भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज धाराको शुभारम्भ गर्दै भरतपुरमा पहिलो पटक ढुङ्गेधारा निर्माण भएको बताए । खानेपानी तथा सरसफाइ डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाइपबाट सो स्थानमा पानी ल्याइएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि रु २१ लाख ५७ हजार खर्च भएको प्रमुख उनले बताए ।
धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ‘ट्रिटमेन्ट प्लान्ट’ पनि निर्माण गर्ने योजना रहेको उनले जानकारी दि ए । उक्त स्थानमा बाँदर लगायतका वन्यजन्तुकोसमेत बासस्थान रहेको छ । निरन्तर पानी बहने ढुङ्गे धारामा वन्यजन्तुलेसमेत पिउन सहज भएको छ ।
















नेकपाको मागअनुसार सिंगाे मुलुक निर्वाचनमा होमिएको छ : प्रचण्ड
बङ्गलादेशी महिलाहरूद्वारा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
बतास एमएडब्लूद्वारा इटहरीमा नयाँ फ्यासिलिटीसहित भोल्भो आइशर शोरुमको उद्घाटन
लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन
एमाले खेलकुद विभाग सदस्य श्रेष्ठसहित दर्जनौं नेकपामा प्रवेश
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया