बौद्धिक सम्पत्ति संरक्षणबारे चेम्बरद्धारा युवा व्यवसायीलाई प्रशिक्षण

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । मानवीय बुद्धिको उपयोगबाट सिर्जित बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरिएको प्रशिक्षणमा करिव ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए ।
बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिए । बौद्धिक सम्पत्तिका धनीको कानूनी व्यवस्था, राज्यले दिने अधिकारलाई स्थापित गराउन युवा उद्यमीहरुलाई प्रशिक्षण दिईएको अध्यक्ष राजेन्द्र मल्लले बताए । बौद्धिक सम्पत्तिको अधिकारबारे उद्योग व्यवसायी, सरकारी निकायका सरोकारवाला पदाधिकारी, सञ्चार माध्यम सवै सचेत हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।
समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहयोग गर्नका लागि बौद्धिक सम्पत्तिको अवधारणा आएको हो । नेपालमा वि.सं १९९३ साल देखि नै पेटेन्ट, डिजाईन र ट्रेडमार्क कानून प्रचलनमा आएको हो । नेपाल चेम्बर अफ कमर्सले पनि बौद्धिक सम्पत्ति संरक्षणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया