यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १८ निर्णय गरेको छ । बैठकले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गर्ने निर्णय गरेको छ ।
सरकारी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शुक्रबार एसियाली विकास बैंकबाट बजेट सहायताका रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (झन्डै १३ अर्ब २६ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, सशस्त्र प्रहरी बल नेपाल मातहतका विभिन्न कार्यलयका लागि तराईमा छ बिघा आठ कट्ठा र पहाडमा तीन रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय गरेको जानकारी दिइन् ।
सरकारले भरतपुर महानगरपालिका र चीनको सुशासित क्षेत्र तिब्बतको सिगात्सी शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न महानगरलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।
सरकारले मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० र मन्त्रिपरिषद् विधेयक समितिबाट पेस भएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।

















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया