काठमाडौँमा तोकियो ४ स्थानमा स्वदेशी सयपत्री माला किनबेच स्थल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारका लागि सयपत्री फूलको माला विक्री गर्ने ४ स्थान तोकेको छ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशी उत्पादनको सहुलियतमा फूल विक्रीका लागि खुला गरेको जानकारी दिए ।
महानगर प्रमुख बालेन शाहको निर्देशनमा ती स्थान तोकिएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
शनिबार महानगरपालिका र स्वदेशी फूल उत्पादक र बिक्रेताबीच राखिएको छलफलमा महानगर प्रहरी प्रमुख पाण्डेले यस्तो जानकारी दिएका हुन् ।
नेपाल फ्लोरीकल्चयर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यो वर्ष अघिल्लो वर्षभन्दा धेरै सयपत्री फूल खेती भएको बताउँदै झन्डै २ सय विघाहा भन्दा बढी जमिनमा फूल लगाएको जानकारी दिए ।
यो वर्ष ८० प्रतिशत नेपाली सयपत्री फूलले धान्ने २० प्रतिशत जति नपुग हुने अनुमान गरेको भए पनि भारतबाट ठुलो मात्रामा फूल आयात अनुमति दिएको बताए । भन्सारबाट सयपत्री फूल आयतका लागि ५८ वटा अनुमति दिएकोमा फ्लोरिकल्चर एसोसिएसनले ध्यानाकर्षण गराएपछि ४८ वटा अनुमति कार्तिक २३ गते रद्द भएको बताए ।
कार्तिक १३ गते नेपाल ल्याउन ४ लाख ५० हजार केजी माला अनुमति दिएको र त्यो नेपाल भित्रियो भने नेपाली किसानहरूले बनाएको माला र फूल फ्याँक्नुपर्ने अवस्था आउने अध्यक्ष तामाङले बताए ।
कार्तिक २३ गते अगाडि ३ लाख २ हजार केजी माला वैद्य रूपमा नेपाल भित्रिएको र नेपालका विभिन्न कोल्ड स्टोरहरूमा राखिएको अवस्थामा रहेको उनले बताए । खुला नाकाको फाइदा उठाउँदै ठुलो परिणाममा भारतीय माला आएकोले काठमाडौँ महानगरपालिकाले त्यसको बिक्रीमा रोक लगाउन उनले आग्रह गरे ।
नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रको बोर्ड सदस्य सुनिता नेमाफुकीले महानगरपालिकाले नेपाली फूल बिक्री गर्न पाएनन् भने ६ महिनादेखिको मिहेनत र सपना खेर जाने बताइन् ।
नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने बताइन् । महानगरपालिकाले प्लास्टिकजन्य फूलको माला बिक्री गर्न रोक लगाउने कामको लागि धन्यवाद ज्ञापन गरिन् ।
महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले नेपाली किसानले उत्पादन गरेको फूललाई प्रवर्द्धन गर्ने, नेपाली किसानको पसिनालाई इज्जत र सम्मान गर्नका लागि खरिद बिक्री स्थान तोक्ने काम गरिएको बताए । उनले भने, हामीले फूल प्रयोग गर्दा नेपाली उत्पादनलाई छोडेर अरू प्रयोग गर्नु ठिक होइन कि जस्तो लाग्छ । नेपाली उत्पादनलाई सबैले माया गरौँ, नेपालीको घरमा नेपाली फूल होस भन्ने हाम्रो मेयर सावको चाहना र निर्देशन अनुसार नै हामी नेपाली फूल बिक्रीका स्थान घोषणा गरेका हौँ ।’
महानगरपालिकाले तोकेका ४ स्थानमा नेपाली फूलहरू मात्रै रहने र नेपाली फूल उत्पादक किसानलाई फूल बिक्रीका लागि महानगरपालिकाले अवरोध नगर्ने बताए ।
















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया