सोमबार, चैत ३०, २०८२

नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’

मेरोन्यूज २०८२ चैत ३० गते ११:१७

नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर व्यङ्ग्य गरेका छन्। मन्त्रिपरिषद्का सदस्यहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख्य मात्रामा सुन र सम्पत्ति देखिएपछि उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका हुन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेता बाँस्कोटाले मन्त्रीहरूको सम्पत्तिलाई ‘खेतबारीमा फुलेको तोरी’सँग तुलना गरेका छन्।उनले फेसबुकमा लेखेका छन्, ‘आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ, डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ। म झनै खुसी किनकि जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ—झिक्कै झिक्कै मया तम्लाई!’

सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन र नगद मौज्दात रहेको देखिएको छ। सम्पत्तिको स्रोतबारे अहिले सामाजिक सञ्जालमा तिखा टिप्पणी भइरहेको छ ।

सञ्जालमा सुन भएर लेखिएको हो कि नभएरै पछि कमाउनका लागि लेखिएको हो भन्ने प्रश्न उठेका छन् । सुनको स्रोत खुलाउनु पर्ने तथा राष्ट्रबैंकको टोली प्रत्यक्ष गएर सुनको मुल्यांकन गर्नुपर्ने समेत आवाज उठिरहेको छ ।

प्रतिक्रिया