बिहीबार, माघ २२, २०८२

सर्वोच्च अदालतमा ६ न्यायाधीश सिफारिस

मेरोन्यूज २०८० मंसिर ५ गते १६:४२

काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिस भएका छन्।

मंगलबार बसेको परिषद्को बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

मंगलबार बसेको न्याय परिषद्‌को बैठकले सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिद मुसलमानलाई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो।

सिफारिस भएकाहरू विरुद्ध अब सुनुवाइका लागि उजुरी आह्वान गर्दै संसदीय सुनुवाइ समितिमा पठाइनेछ। संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि मात्रै नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया