शुक्रबार, माघ २३, २०८२

उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस

मेरोन्यूज २०८० मंसिर ५ गते १७:२०

काठमाडौं । न्यायपरिषदले लामो समयदेखि रिक्त रहेका उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जनालाई सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषद बैठकले उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, पोखरामा माधव पोखरेल, विराटनगरमा रमेशप्रसाद राजभण्डारी, जनकपुरमा श्रीकान्त पौडेल, तुलसीपुरमा नित्यानन्द पाण्डे र दिपायलमा शान्ति सिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई सरूवा गरिएको छ। परिषदले उनीबाहेक अन्य १३ न्यायाधीशको पनि सरूवा गरेको जनाएको छ।

प्रतिक्रिया