नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । जन्ममिति विवादमा परेका नेपाली सेनाको वरिष्ठ उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ ।
बिहिबार बिहान सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
रथी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समितिले पनि उनको जन्ममिति विवादमा प्रश्न उठाएपछि उनले ब्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
उनले कात्तिक २३ मा राजीनामा दिएका थिए । उनको राजीनामा जंगी अडडा हुादै रक्षा मन्त्रालय र मन्त्रिपरिषद्मा पुगेको थियो । आज बसेको मन्त्री परिषद्को बैठकले उनको राजीनामा स्वकीृत गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको थिएन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ । सोहीअनुसार वरिष्ठ उपरथी पाण्डेको बढुवाको प्रक्रिया सैनिक मुख्यालयले अगाडी बढाईरहेका बेला उनको जन्ममिति विवादमा परेको थियो ।
यस्तै, मन्त्रीपरिषद्को बैठकले स्वीजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
त्यस्तै विद्युतीय सुशासन आयोगको सदस्यमा कन्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको छ।
सुन तस्करको जाँचबुझ आयोगको माग अनुसार चार जना प्राविधिकसहितका जनशक्ति थप गर्न पनि आजको बैठकले स्वीकृत गरेको छ।

















निर्वाचनका लागि ११ दल र एक हजार ६७० उम्मेदवारले मात्र खोले बैंक खाता
‘स्ट्रबेरी’खेतीले बढायो ‘एग्रो–टुरिजम’को आकर्षण
४३ दलले मात्र बुझाए घोषणापत्र
चीन र भारतका बीचमा छौँ, चर्को कुरा गरेर हुँदैन : गगन थापा
तनहुँको व्यास नगरपालिकाभित्र अपाङ्गता स्रोत कक्षा सञ्चालन
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
प्रतिक्रिया