मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

गलकोट (बागलुङ) । आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट हुनसक्ने ठूलो क्षतिबाट बच्न सकिने भन्दै अहिले बालबालिकाको ‘मुटु बचाउ’ अभियान देशभर सञ्चालन भइरहेको छ ।
जन्मजात वा अन्य कारणबाट मुटुमा समस्या देखिएको सानै उमेरमा पत्ता लगाउनसके मुटुलाई बचाउन सकिने भन्दै देशभरका बालबालिकाको मुटु परीक्षण अभियान चलाइएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए । मुटु जोगाउन खानपान, आनीबानीमा सुधार हुनुपर्ने बताउँदै उनले मुटु रोगसम्बन्धी सचेतना जगाउन अभियान थालिएको बताए ।
“स्वास्थ्यमा समस्या आएपछि मात्रै परीक्षण गर्ने नेपालीको बानी छ । त्यसकारण अन्तिम अवस्थामा मुटु बचाउन नसक्दा धेरैको ज्यान गएको छ । मुटुरोग चिकित्सकले मुटुको चाल सुनेरै मुटुको अवस्था बुझ्न सकिन्छ”, डा रेग्मीले भने, “मुटुको धड्कन सुन्दासाथ मुटुको केही समस्या भए नभएको पत्ता लाग्छ । शङ्कास्पद बिरामीलाई मात्रै मुटुको इको गरिन्छ, इकोमार्फत मुटुको अवस्था कस्तो छ भनेपछि बल्ल समस्यादेखि उपचारतर्फ लागिन्छ, समयमै मुटुको समस्या पत्ता लगाउनसके उपचार सम्भव छ ।”
नेपालका ४० जिल्लामा जिल्लामा उक्त अभियान पुगिसकेको बताउँदै हालसम्म दुई लाख बालबालिकाको मुटु परीक्षण गरिसकेको रेग्मीको भनाइ । बालबालिकाको मुटुमा प्वाल पर्ने समस्या धेरै हुने र बर्सेनि तीन हजार बालबालिका मुटुको समस्याबाट मृत्यु भइरहेको उनले बताए ।
अभियानअन्तर्गत बागलुङको कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका तीन सय १० बालबालिकाको मुटु परीक्षण गरिएको प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष जगदिश चन्द्र उपाध्यायले बताए । बालबालिकाले पत्रु खाना नखाने, बयस्कले चुरोट, रक्सी नखाने र मधुमेह तथा कोलेस्टेरोल बढ्न नदिए मुटु जोगाउन सकिने चिकित्सकको सुझाव छ ।
शिविरका लागि रोटरी क्लब अफ पाटनलेसमेत सहयोग गरेको थियो । परीक्षण गरेका अधिकांशको मुटु स्वास्थ्य भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल हृदयरोग प्रतिष्ठान केन्द्रीय समितिका पूर्वसभापति मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले बताए ।
रेग्मी नेतृत्वमा मुटरोग विशेषज्ञ डा प्रेमराज वैद्य र डा उर्मिला शाक्यसहित २० स्वास्थ्यकर्मी सहभागि बागलुङमा आएका थिए । परीक्षण गरेका बालबालिकामध्ये १० जनालाई थप उपचार गर्नका लागि सुझाइएको छ ।
खानपान वा टन्सिल पाकिरहने अवस्था भएका बालबालिकामा पनि मुटुरोग हुनसक्ने भन्दै टन्सिलको तुरुन्तै उपचार गराउन आवश्यक रहेको चिकित्सकको भनाइ छ । अहिलेसम्म मुटु प्रत्यारोपण नहुने भएकाले जोगाउने उपाय नै महत्वपूर्ण भएको शिविरमा सहभागी डा उर्मिला शाक्यले बताए । “पछिल्लो समय बालबालिकामा मोटोपन बढ्नु, पत्रुखाना खानु र स्वास्थ्यबारे चासो नराख्नुले मुटुमा समस्या आउने गरेको छ । हामीले प्रारम्भिक परीक्षणमा मुटुको चाल बुझेपछि समस्या भएको पत्ता लगाउन सकिन्छ”, शाक्यले भने, “समस्या बुझेपछि त्यसपछि मुटुको इकोलगायतका डायलासिस पद्धति गरेर उपचार गर्ने गरिन्छ ।”







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया