आइतबार, मंसिर ७, २०८२

चर्चित टिकटकर एलिजे जमालीले बुर्का खोलेर अनुहार देखाएपछि…

मेरोन्यूज २०८० मंसिर ७ गते १९:२६

काठमाडौँ । चर्चित टिकटकर एलिजे जमालीले अन्ततः आफनो अनुहार सार्वजनिक गरेकी छिन् । पाकिस्तानकी जमालीले बर्षाैंदेखि बुर्का लगाएर आफनो अनुहार लुकाउँदै आएकी थिइन् ।

उनले केही समय अगाडी मात्रै नेपालका चर्चित टिकटकर आयुष सिंह ठकुरीसँग दुबईमा ईन्गेजमेन्ट गरेका थिए ।
त्यसअघि उनी नेपाल आएकी थिइन् ।

दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्थिन् । उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै थियो । टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर छन् ।

टिकटक लाइभमा एक–अर्कासँग फ्लर्ट गर्दागर्दै आयुष र जमालीको लभ परेको थियो । आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएकी थिइन् ।

एलिजे जमालीले लामो समयपछि आफनो अनुहार सार्वजनिक गरेकी छिन् ।

प्रतिक्रिया