दुर्गा प्रसाईंका २ सय समर्थक रिहा, २० जना अझै हिरासतमा

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यवसायी दुर्गा प्रसाईंको आन्द्योलनमा सहभागी हुन आएका करिव २ सय २० जना आज राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका थिए । प्रहरीले त्यसमध्ये २ सय जनालाई साँझ रिहा गरिदिएको बताएको छ । अझै २० जना भने प्रहरी हिरासतमै छन् ।
उनीहरुले बल्खु क्षेत्रमा बिहिबारको आन्दोलनमा ढुंगामुढा गरेकोले अनुसन्धान जारी रहेकोले रिहा नगरिएको प्रहरीको भनाई छ । अन्य २ सय जनालाई भने रिहा गरिएको प्रहरीले बताएको छ ।
प्रशासनसँग अनुमति नलिई विरोधका कार्यक्रम गर्न लागेको भन्दै काठमाडौँको तीनकुने लगायत विभिन्न स्थानबाट प्रहरीले करिव २ सय २० जनालाई पक्राउ गरेको थियो।
करिब २ सय जना जति रिहा भईसकेका छन् । २० जना भने हिरासतमै छन्, उनीहरुमाथी अनुसन्धान भईरहेको छ, नेपाल प्रहरीका काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए।
ढुंगेलका अनुसार दुर्गा प्रसाईंका अराजक गतिविधिमा पहिलेदेखि नै संलग्न र बिहीबारको आन्दोलनका क्रममा प्रहरीमाथि ढुंगामुढा गर्नेहरुलाई भने प्रहरीले नछाडेको हो।
उनीहरूलाई काठमाडौंका विभिन्न प्रहरी बृत्तका हिरासतमा राखिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले बताए।
















पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
कोइला अभावले टक्सारको परम्परागत धातु उद्योग सङ्कटमा
पर्वतका ९५० किशोरीलाई एचपिभी खोप लगाइने
नयाँ पुस्ताको ब्याट्री प्रविधिसहित प्रोटोन इमास ७ : सुरक्षित र दिगो इलेक्ट्रिक एसयूभी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
संसद्मा प्रधानमन्त्रीको पहिलो सम्बोधन- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ
प्रतिक्रिया