मुगुमा अक्कुपञ्चर सेवा
मेरोन्यूज
२०८० मंसिर १० गते १०:४६

मुगु । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको छैन ।
केन्द्रका प्रमुख लक्ष्मीप्रसाद पाण्डेले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगु अक्कुपञ्चर सेवा थालनी गर्ने पहिलो संस्था रहेको बताए ।
उनले हाडजोर्नी तथा नशारोग बिरामीका लागि निः शुल्क अक्कुपञ्चर सेवा प्रदान गरिने बताए । सो सेवा एकपटकमा चारदेखि पाँच जनासम्मलाई सेवा दिन सकिने बताइएको छ ।
जिल्लामा अकुपञ्चर सेवा सुरु नहुँदा सेवा लिनकै काठमाडौँ, नेपालगञ्ज र सुर्खेतलगायतका अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो । सोरु गाउँपालिका–१ का हरि शाहीले अक्कुपञ्चर सेवा नियमित गर्न आग्रह गरे ।
सम्बन्धित
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया