आइतबार, चैत २९, २०८२

सेयर बजारमा दोहोरो अंकको गिरावट

मेरोन्यूज २०८० मंसिर ११ गते १५:४९

काठमाडौँ । कारोबारको पहिलो दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ ।

आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार होटल तथा पर्यटन समूह शून्य दशमलव २५, लगानी समूह शून्य दशमलव ४९, म्युचुअल फन्ड शून्य दशमलव ०१ र व्यापार समूह शून्य दशमलव ३७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै घट्नेमा जीवन बीमा समूह शून्य दमलव ८९ र बैंकिङ समूह शून्य दशमलव ८४ प्रतिशतले घटेको छ ।

अपर स्याङ्गी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आठ दशमलव ०४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ७७ लाख ६३ हजार पाँच सय ८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर शेयर चार लाख ९७ हजार तीन सय ६९ कित्ता किनबेच भएको छ ।

प्रतिक्रिया