मुलुकको आर्थिक गतिविधिलाई चलयमान बनाउन ट्रेड एक्स्पोको आयोजना : १५ करोडको कारोबार हुने

मोरङ । मोरङ व्यापार सङ्घ विराटनगरले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विराटनगर–२ मा आगामी पुस ६ देखि १६ गतेसम्म एक्स्पोको आयोजना गरिने जानकारी दिएको छ । यस क्षेत्रको कृषि, पर्यटन, ठूला औद्योगिक एवं साना घरेलु उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएका सङ्घका अध्यक्ष नवीन रिजालले बताए ।
अध्यक्ष रिजालले एक्स्पोमा भारत, बङ्गलादेश पाकिस्तानका उत्पादित वस्तु एवं उत्पादनकर्ताको सहभागिता रहने छ । एक्स्पोमा सुदूरपश्चिम तथा दुर्गम क्षेत्रका कृषि तथा साना घरेलु उद्योगका उत्पादनका लागि निःशुल्क स्टल उपलब्ध गराउनेसहित दुई सय ५० वटा स्टल रहने अध्यक्ष रिजालले जानकारी दिए ।
एक्स्पोले अन्तर प्रादेशिक उत्पादन र सेवाको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना, पर्यटकीय गन्तव्यको प्रचारप्रसार लगायतका कार्य प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।
एक्स्पोमा रु तीन करोड ५० लाख खर्च लाग्नेछ भने रु १५ करोडको व्यापारिक कारोबार हुने विश्वास गरिएको संयोजक अनिल साहले जानकारी दिए । नेपाल र भारतका गरी चार लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान गरिएको छ । मोरङ व्यापार सङ्घले विसं २०५३ देखि एक्स्पोको आयोजना गर्दै आइरहेको छ ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया