कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन् ।
‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उनलाई ‘डा प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै हालै ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो । विश्वव्यापीरूपमा प्राप्त रिसर्च आर्टिकलहरूमा डा गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जनाएको छ ।
डा गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज इन हाइअल्टिच्युड अफ नेपाल एण्ड रोल अफ जिपिएस इन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो । खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको रोगको प्रकृति, त्यसको पहिचान, निदान एवं समाधानमा जनरल प्राटिक्सनरहरूले खेलेको भूमिका, भएका गतिविधि र त्यसले पारेको सकरात्मक प्रभाव समेटिएको रिसर्च आर्टिकल आफूले तयार गरेको डा गुप्ताले जानकारी दिए ।
डा गुप्तालाई ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले भनेको छ, “तपाईँको पोस्टरमा ‘नेपालको उच्च भागमा छाला रोगको ढाँचा र यसको व्यवस्थापनमा जिपीको भूमिका’ शीर्षकमा स्कलोर सामग्री, बेसरोर मूल्य, प्रस्तुतिको क्षेत्रमा उत्कृष्ट मूल्याङ्कन र मापदण्ड अत्यन्तै सुन्दर तरिकाले उल्लेख गरिएको छ ।”
उक्त अवार्डको सम्मानमा उक्त सेन्टरले आगामी २०२४ नोभेम्बर ६ देखि ९ चार दिनसम्म क्यानडाको भ्यानकुभरमा सम्पन्न हुने फ्यामिली मेडिसिन फोरममा अतिथि वक्ताका रुपमा १० मिनेटको प्रस्तुति राख्नका लागि डा गुप्तालाई आमन्त्रण समेत गरेको छ । उक्त फोरम सम्पन्न भएपश्चात सेन्टरअन्तर्गतको साइन्टिफिक कमिटीले उनको कामलाई जर्नलमा प्रकाशनका लागि समीक्षा र सम्पादकीय कार्यमा सहयोग पुर्याउने बताइएको छ ।
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया