कर्णाली प्रतिष्ठानका डा गुप्ता ‘बेष्ट पोस्टर–२०२३’ घोषित

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको जनरल प्राटिक्स एण्ड इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डा तुलाकृष्ण गुप्ता अन्तर्राष्ट्रियस्तरको रिसर्च आर्टिकल प्रतिस्पर्धामा ‘बेष्ट पोस्टर–२०२३’ घोषित भएका छन् ।
‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले उनलाई ‘डा प्याट्रिक चिज मेमोरियल रिसर्च अवार्ड’ प्रदान गर्दै हालै ‘बेष्ट पोस्टर–२०२३’ घोषणा गरेको हो । विश्वव्यापीरूपमा प्राप्त रिसर्च आर्टिकलहरूमा डा गुप्ताको आर्टिकल उत्कृष्ट छनोट भएको प्रतिष्ठान जनाएको छ ।
डा गुप्ताले प्रविष्ट गरेको रिसर्च आर्टिकल ‘प्याटर्न अफ स्किन डिजिज इन हाइअल्टिच्युड अफ नेपाल एण्ड रोल अफ जिपिएस इन इट्स म्यानेजमेन्ट’ शीर्षकमा तयार गरिएको थियो । खासगरी उच्च भागमा बस्ने समुदायका नागरिकको छालाको रोगको प्रकृति, त्यसको पहिचान, निदान एवं समाधानमा जनरल प्राटिक्सनरहरूले खेलेको भूमिका, भएका गतिविधि र त्यसले पारेको सकरात्मक प्रभाव समेटिएको रिसर्च आर्टिकल आफूले तयार गरेको डा गुप्ताले जानकारी दिए ।
डा गुप्तालाई ‘द बेसरोर सेन्टर फर ग्लोबल फ्यामिली मेडिसिन’ क्यानडाले भनेको छ, “तपाईँको पोस्टरमा ‘नेपालको उच्च भागमा छाला रोगको ढाँचा र यसको व्यवस्थापनमा जिपीको भूमिका’ शीर्षकमा स्कलोर सामग्री, बेसरोर मूल्य, प्रस्तुतिको क्षेत्रमा उत्कृष्ट मूल्याङ्कन र मापदण्ड अत्यन्तै सुन्दर तरिकाले उल्लेख गरिएको छ ।”
उक्त अवार्डको सम्मानमा उक्त सेन्टरले आगामी २०२४ नोभेम्बर ६ देखि ९ चार दिनसम्म क्यानडाको भ्यानकुभरमा सम्पन्न हुने फ्यामिली मेडिसिन फोरममा अतिथि वक्ताका रुपमा १० मिनेटको प्रस्तुति राख्नका लागि डा गुप्तालाई आमन्त्रण समेत गरेको छ । उक्त फोरम सम्पन्न भएपश्चात सेन्टरअन्तर्गतको साइन्टिफिक कमिटीले उनको कामलाई जर्नलमा प्रकाशनका लागि समीक्षा र सम्पादकीय कार्यमा सहयोग पुर्याउने बताइएको छ ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया