म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ ।
मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही होटललाई बजार अनुगमन समितिले रु २० हजारका दरले जरिवाना गराउँदै आगामी दिनमा मापदण्डका अधिनमा रही व्यवसाय सञ्चालन गराउन सचेतसमेत गराएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञावलीको संयोजकत्वमा रहेको बजार अनुगमन समितिले गोसाइँकुण्ड जाने धार्मिक मार्ग र कुण्ड स्थलमा रहेका होटलले म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण गरेको र बीलविजक समेत जारी नगरेको अनुगमनका क्रममा फेला पारेको थियो ।
समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड जाने भक्तजनलाई खान बस्न बढी मूल्य लिएको भन्ने जनगुनासोलाई मध्यनजर राख्दै पहिलोपटक ती क्षेत्रका होटलको अनुगमन गरिएको जनाइएको छ ।
अनुगमनका क्रममा ती होटलबाट बिक्री गरिरहेका पेयपदार्थलगायत विविध खाद्य सामग्री म्याद गुज्रिएको भेटिएको जनाइएको छ । पेय पदार्थगायतका चीज स्थानीयस्तरमै नष्ट गर्दै अब गल्ती नदोहो¥याउने प्रतिबद्धता गराई छोडिएको अनुगमन समितिका सदस्य बृहस्पति तामाङले जानकारी दिए ।
चन्दनवारीदेखी गोसाइँकुण्डसम्मको ११ होटल अनुगमन गरिएको उनले बताए । बीलविजक जारी नगर्ने र मूल्यसूची नराख्ने होटललाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरिएको सहायक प्रजिअ ज्ञावलीले बताए । यस्तै दुग्ध विकास संस्थानअन्तर्गत चन्दनबारीमा रहेको चिज उत्पादन केन्द्रको पनि सो अनुगमन समितिले स्थलगत निरीक्षण गरेको जनाइएको छ ।
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया