आइतबार, चैत २९, २०८२

सेयर बजारमा १७ अंकको गिरावट, १ अर्बकाे काराेबार

मेरोन्यूज २०८० मंसिर १३ गते १६:०४

काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार नेप्से परिसूचक १७ दशलमव ९३ अंकले घटेर १,८७६ दशलमव ६० को विन्दुमा झरेको हो ।

आज ४२ कम्पनीको शेयर मुल्य बढेको छ भने १९० कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २८५ कम्पनीको ३३ लाख ५९ हजार ६०१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १ कोडको शेयर कारोबार भएको छ ।

बुधबार अन्य बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभनदा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै एनआइसी एशिया डिबेञ्चरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ३ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया