जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु

काठमाडौँ । काठमाडौँको नक्सालमा समाजमा चेतना फैलाउने उद्देश्यसहित ‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा ललितकला प्रदर्शनी सुरु भएको छ ।
कलामार्फत जात व्यवस्थाविरुद्ध आवाज उठाउन र समाजलाई सचेत बनाउन उक्त प्रदर्शनी आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।
बिहीबारदेखि सुरु भएको प्रदर्शनी यही मङ्सिर २० गतेसम्म चल्नेछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य तथा सामरी उत्थान सेवाको आयोजनामा भएको प्रदर्शनीमा नेपालका नाम चलेका ४० जना कलाकारका सृजना समावेश छन् ।
प्रदर्शनीको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । उनले जात र लिङ्गका आधारमा समाजमा भएको विभेद बिस्तारै परिवर्तन हुँदै गएको बताए । उनले कलामार्फत पनि समाजमा चेतना फैलाउन सकिने भएकाले यस्ता कार्यक्रमहरु आयोजना गरिरहनु आवश्यक भएको प्रतिक्रिया दिए ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लैङ्गिक र जातीय विभेद अन्त्यका लागि प्राज्ञिकस्तरबाट कलामार्फत परिवर्तनका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।
उद्घाटन समारोहका अध्यक्ष विमला गायकले समाजमा दमित आवाजलाई कलाकारले सृजनाका माध्यमबाट उठान गरेकामा खुशी व्यक्त गरे ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया