एनसेल बिक्री भयो, स्पेक्ट्रलाइटले किन्यो

काठमाडौँ । मलेसियन कम्पनी आजिएटा ग्रुप बर्हादले एनसेलमा रहेको आफ्नो शेयर एनसेलको ८० प्रतिशत बिक्री गरेको छ । एनसेलको बाँकी सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले खरिद गरेको हो ।
आजिएटा ग्रुप बरहादले १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको नेपालको दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएको हो ।
स्पेक्ट्रलाइटका सञ्चालक सतिशलाल आचार्य हुन् । एनसेलमा २० प्रतिशत सेयर भएको सुनीभेरा क्यापिटल भेन्चर प्रालिमा समेत आचार्य परिवारको स्वामित्व छ ।
गत बुधबार व्यावसायिक चुनौतीहरु बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । नेपालमा व्यवसायीक चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको आजिएटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताएका थिए ।
दूरसञ्चार क्षेत्रका जानकारहरूले भने एनसेलको सकिनै लागेको अनुमतिपत्रको मुद्दा, नवीकरणका लागि चाहिने ठूलो धनराशि र दूरसञ्चार कम्पनीको घट्दो आम्दानीका कारण आजिएटा बाहिरिएको अनुमान गरेका छन् ।
१६ भदौ २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया