सातदोबाटो नेपाली जुत्ताघरको शोरुम सञ्चालनमा

काठमाडौं । नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शोरुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन भएको छ । नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित सातदोवाटोमा उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् ।
शोरुमको बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गरेका थिए ।
उनले नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना दिएका थिए ।
नेपाली उत्पादनको प्रवद्र्धनका लागि आफुले पनि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडी बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने प्रतिबद्धता त्यसक्रममा मन्त्री चित्राकारले ब्यक्त गरेका थिए ।
उद्योगमार्फत रोजगारी सिर्जना गरी आर्थिक रुपमा योगदान पुर्याएकोमा जुत्ता उत्पादक उद्योगी व्यवसायीहरुलाई उनले विशेष धन्यवाद पनि दिए ।
उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघका पुर्वकार्यकारी सदस्य, बर्तमान कार्यकारी सदस्य तथा फुटवेयर व्यवसायीहरुको उपस्थिती रहेको थियो ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यले नेपाली जुत्ता उत्पादक समुहद्धारा सामुहिक शोरुम अवधारण अन्तर्गत खोलिएको सातदोबाटो नेपाली जुत्ताघर पाचौं शोरुम हो ।
यस अघि पोखरा, बुटबल, जनकपुर र न्यूरोडमा चारवटा सामुहिक शोरुमको उद्घाटन भई सञ्चालनमा आईसकेको छ ।
शोरुममा उत्पादक र उपभोक्तबिच प्रत्यक्ष सम्पर्क हुने हुँदा ग्राहकको रुची र चाहना अनुरुपका उत्पादन बजारमा ल्याउन सहज हुने उद्योगीहरुको विश्वास रहेको छ । साथै बिभिन्न व्यापारीक च्यानल मार्फत बजारमा उत्पादन पठाउँदा बस्तुको मूल्य बृद्धी हुने र यसले उत्पादक र उपभोक्त दुबै पक्ष मारमा पर्ने भएकाले सामुहिक शोरुमको अवधारण अन्तर्गत ग्राहकले कम मूल्यमा गुणस्तरीय सामानहरु प्राप्त गर्ने उधोगीहरुले बताएका छन् ।
सातदोबाटो नेपाली जुत्ता घरमा वि.एफ डियर हिल र वि.एफ स्पोट, रोयल शुज, फस्टवाक शुज, क्रस रोड शुज, डि.जे. शुज, कोसेली छाला जुत्ता, रन शुज र स्मार्ट शुज गरी ८ वटा ब्राण्डका आधुनिक तथा गुणस्तरीय जुत्ता चप्पलहरु आकर्षक छुटमा उपलब्ध रहेका छन ।
उद्योगीहरुको यस समुहद्धारा आगामी दिनमा देशभरका बिभिन्न स्थानहरुमा नयाँ शोरुमहरु खोल्ने र उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने जानकारी गराए । साथै देशको दिगो आर्थिक बिकाशका लागि आफ्नै देशको श्रम तथा सिपलाई प्रयोग गरेर देशमा नै रोजगारी सृजना गरिरहेका यस्ता प्रकारका उद्योगहरुको बिकाश बिस्तारमा राज्यका तर्फबाट पनि नीतिगत सहयोग हुनु जरुरी रहेको उधोगीहरुले बताएका छन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया