निर्मल बाटिकामा बाल साहित्य मेला सम्पन्न

काठमाडौँ । साहित्य र स्रष्टासँगको कुराकानी तथा विद्यार्थीद्वारा तयार पारिएका विभिन्न पुस्तक प्रदर्शनी र सिर्जनाको प्रस्तुतीकरण गर्दै निर्मल बाटिका एकेडेमी, टोखा– ११, काठमाडौँले बाल साहित्य मेला २०८० सम्पन्न गरेको छ ।
महोत्सवको केन्द्रविन्दु बालबालिकाका सिर्जना र प्रस्तुति थिए, जसले दर्शक –स्रोतालाई चकित पारेका थिए । तिनले दर्जनौँ छन्दका कविता वाचन, जीवनमा परिवर्तन ल्याउने जीवन्त कथा र नाटक प्रस्तुति दिएका थिए ।
प्रदर्शनका बिचमा प्राज्ञ अमर न्यौपाने र कवि सुदेश सत्यालले विद्यार्थीसँग अन्तरक्रियात्मक सत्र र कार्यशाला सञ्चालन गरेका थिए , जसको समन्वय शिक्षिका सुस्मिता सापकोटाले तथा मेला सञ्चालन शिक्षकद्वय भूपेन्द्र खड्का र शान्ता देवकोटाले गरेकी थिइन् ।
ती सत्रको उद्देश्य पठनप्रतिको प्रेमलाई प्रेरित गर्ने, रचनात्मक अभिव्यक्तिलाई बढावा दिने र युवा दिमागलाई साहित्य संसारमा संलग्न गराउने थियो । सिर्जनात्मकता र कल्पनाशक्तिको व्याख्यासहित कविता र कथा सुनाउने सत्र, छलफल र अन्तरक्रियात्मक गतिविधिमा बालबालिका उत्साहका साथ सहभागी थिए ।
प्राज्ञ न्यौपाने र कवि सत्यालले युवा दिमागलाई आकार दिन र सिक्नका लागि जीवनभर अध्ययनप्रति प्रेम बढाउन साहित्यका महत्त्वमा जोड दिए ।
महोत्सवमा विद्यार्थीद्वारा रचित विभिन्न विधाका पुस्तक र विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो । गत बडादशैँ र तिहारका बिचमा विद्यालयले लेखन कार्यशाला सञ्चालन गरी ती पुस्तक लेखाएको थियो । विद्यालयका प्रिन्सिपल शिव थापाको सभापतित्वमा सञ्चालित मेलामा हरेक विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा सम्मान व्यवस्था गरिएको थियो । शनिबार आयोजित मेलामा टोखा नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गौतमलगायतको सहभागिता थियो ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया