दुई दिनमै ३२ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?
मेरोन्यूज
२०८० मंसिर २० गते ११:२७

काठमाडौं । केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा दुई दिनमै ३२ सयको गिरावट आएको छ ।
मंगलबार तोलामा २४ सयले घटेको सुनको आज बुधबार पुनः ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख १८ हजार ४०० र तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँ प्रतितोला कायम भएको छ ।
मंगलबार छापावाला सुन १ लाख १९ हजार २०० र तेजावी सुन १ लाख १८ हजार ६५० रुपैयाँमा कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज पुनः प्रतितोला २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको हो ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया