रेड्मी १२ सी : भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन

काठमाडौँ । चर्चित ब्राण्ड शाओमीको रेड्मी सिरिजले नेपाली बजारमा निकै सफलता पाएको छ । रेड्मी सस्तो मूल्यमा उच्च गुणस्तरको स्मार्टफोनका लागि परिचित छ । रेड्मी १२ सी ले नेपाली स्मार्टफोन बजारलाई अर्को तहमा पु¥याउन सफल भएको छ । यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ ।
रेड्मी १२सी को ३ जीबी +३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहने ग्राहकहरुको लागि ४ जीबी + ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९. र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध छ ।
रेड्मी १२ सी को बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्नेछन् । साथै ६ जीबी+१२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ ।
रेड्मी १२ सी मा भ्यालु र पर्फर्मेन्सको उत्कृष्ट कम्बीनेसन देख्न पाइन्छ । शक्तिशाली प्रोसेसर, प्रभावशाली डिस्प्ले, लङ ब्याट्री लाइफ, उत्कृष्ट डिजाइन र क्यामेरा सिस्टमको साथ रेड्मी १२सी ले ग्राहकलाई यस प्राइस रेन्जमा अपेक्षा गरेको भन्दा पनि धेरै प्रदान गर्दछ ।
आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्ने फोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण हो ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया