चितवनका किसानले पाएनन् दुध बिक्रीबापतको २२ करोड भुक्तानी

भरतपुर । चितवन जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन्। यहाँ रहेका ११५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दुधको मूल्य पाउन नसकेका हुन्।
असोजदेखिको भुक्तानी रकम नपाउँदा किसान चिन्तित बनेको जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेले बताए। उनले भने, ‘दुग्ध विकास संस्था र निजी दुग्ध उत्पादक कम्पनीले दुध लगेबापतका रकम अहिलेसम्म नदिँदा किसानलाई समस्या भएको छ।’ हरेक १५–१५ दिनमा दुधको भुक्तानी पाउनुपर्ने भए पनि लामो समयसम्म दुधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन बन्दै गएको उनको भनाइ छ।
दुग्ध विकास बोर्डबाट यहाँका किसानले ११ करोड, पोखरामा रहेको सुजल डेरी उद्योगबाट २ करोड र अन्य निजी डेरी कम्पनीको गरेर २२ करोड रकम भुक्तानी पाउन बाँकी रहेको छ। यहाँ दैनिक ३ लाख ५० हजार लिटर दुध उत्पादन हुँदै आएको बगालेले बताए। उनले भने, ‘अहिले दुध खपत हुन कठिन भएको छ, तर जेनतेन गइरहेको छ।’
यहाँ उत्पादित दुधमध्ये १ लाख ५० हजार लिटर जिल्ला बाहिर जाने गरेको छ। अन्य दुध जिल्लामै खपत हुने गरेको वगालले जानकारी दिए।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया