यस्ताे छ तपाईंकाे आजकाे राशिफल

आज २०८० साल मंसिर २६ गते । मंगलवार । मंसिर कृष्ण औंसी । पञ्चाङ्ग: धृति चतुष्पद अनुराधा । डिसेम्बर १२ तारिख २०२३
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : मन खिन्न हुने स्थिति आउनसक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला, सचेत रहनुहोला ।बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ ।
वृष : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ ।
मिथुन : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध अझै बढाउने समय रहेको छ ।
कर्कट : आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । अधुरो काम विस्तारै अघि बढ्नेछ ।
सिंह : आज तपाईंको सामान हराउन सक्छ, सचेत रहनु हाेला । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
कन्या : आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । दाम्पत्य सुखले प्रसन्न र प्रफुल्लित भइनेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।
तुला : आज शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध बढी सुखद् रहन सक्छ ।
वृश्चिक : शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । श्रमको उचित मूल्याङ्कन हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनुहोला ।
धनु : चिताएको काम रोकिन सक्छ । हल्लाको पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्, तर स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
मकर : आज कुनै कुराले अनुहारमा चमक आउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा भने सामान्य सफलता मिल्ला ।
कुम्भ : आज सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । नयाँ कमको थालनी हुनसक्छ र वैदेशिक कार्यमा पनि जानेछ ।
मीन : प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइएला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।







आज धान्य पूर्णिमा पर्व र योमरी पुन्हि
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आजका लागि विदेशी मुद्राको विनिमयदर
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर प्लेसिस
कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय (भिडियाे)
प्रतिक्रिया