जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजबाट सुरू हुँदै छ ।
त्रेतायुगमा भगवान् राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन सम्पन्न भएको सम्झनामा जानकी मन्दिरले हरेक वर्ष साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव आयोजना गरिँदै आएको छ ।
आज पहिलो दिन ‘नगर दर्शन’ कार्यक्रम हुनेछ । भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।
दोस्रो दिन बुधबार फूलबारी लीला, तेस्रो दिन बिहीबार धनुष यज्ञ, चौथो दिन शुक्रबार तीलकोत्सव, पाँचौ दिन मंसिर ३० गते मटकोर र पुस १ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । महोत्सवको अन्तिम दिन पुस २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको विदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत समापन हुने छ ।
विवाहपञ्चमी महोत्सवमा यस वर्ष ऐतिहासिक रंगभूमि मैदानमा ११ हजार स्क्वायर फिटको सीतारामको प्रतिमा निर्माण विशेष आकर्षणको रुपमा रहेको छ ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया