गाउँपालिकाका अध्यक्षद्वारा दुई सय ७० विद्यार्थीलाई पोसाक वितरण
मेरोन्यूज
२०८० मंसिर २६ गते २०:१७

मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–१, शीतलपुरस्थित रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई आज विद्यालय पोसाक वितरण गरिएको छ ।
विद्यालय प्राङ्गणमा आज एक समारोहबीच गाउँपालिका अध्यक्ष धीरेन्द्र यादवले विद्यार्थीलाई स्कुल ड्रेसको कपडा वितरण गरेका छन् ।
पर्सा गाउँपालिकाको आर्थिक सहयोगमा दुई सय ७० जना छात्र छात्रालाई विद्यालय पोसाकको लागि कपडा वितरण गरिएको सूचना प्रविधि अधिकृत विमलेश यादवले जानकारी दिए । विद्यालय पोसाक वितरण कार्यक्रममा वडाध्यक्ष सतेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र राय यादव, प्रधानाध्यापक सुशील यादवलगायत शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको थियो । पर्सा गाउँपालिकामा रहेका आठ वटा सामुदायिक विद्यालयमा करिब ४७ विद्यार्थी अध्ययनरत रहेको सूचना प्रविधि अधिकृत यादवले जानकारी दिए ।
सम्बन्धित
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया