मंगलबार, माघ २०, २०८२

लोक सेवा आयोगद्वारा न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी माग

मेरोन्यूज २०८० मंसिर २७ गते ८:४६

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी पदका लागि २७३ जना कर्मचारी माग गरेको छ।

आयोगले बुधबार एक सूचना जारी गर्दै न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नेगरी २७३ जना कर्मचारी माग गरेको हो।

आयोगको उक्त सुचना अनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी पुस १७ गतेसम्म आवेदन दिन सक्ने छन्।

राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी माग गरिएको छ।

योग्यता पुगेका उम्मेदवारहरूले आयोगको वेभसाइटबाट अनलाईन दरखास्त दिन सक्नेछन्। सूचना अनुसार दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया