स्वदेशमै चिकित्सा शिक्षा अध्ययनको व्यवस्था मिलाइने

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले संस्कृत भाषाको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका छन्।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको एक सय २१औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले संस्कृत भाषाको संरक्षण गर्न सकेमा प्राचीन संस्कार र संस्कृतिको जगेर्ना हुने भएकाले यसको संरक्षणका लागि राज्यले लगानी बढाउनुपर्ने बताएका हुन् ।
संस्कृत भाषा पढेका व्यक्ति शिक्षण पेसा, ज्योतिष विज्ञान, धर्मकर्ममा मात्र नभएर कर्मचारी प्रशासनमा समेत अब्बल हुने गरेका भन्दै मन्त्री बस्नेतले संस्कृत विषयको पढाइ हुने विद्यालयहरुले पढाइको स्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।
सिन्धुपाल्चोकका तीनवटा पालिकाबाट कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिएको जानकारी दिँदै कुनै पनि नागरिकले पैसाको अभावमा उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने वास्तविकतालाई हृदयङ्गम गरी आफूले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि सबै अस्पतालका १० प्रतिशत शय्या विपन्न वर्गका लागि निःशुल्क गरिरहेको र सङ्घीय सरकार मातहतका तीन हजार ५० हजार जनरल शय्या निःशुल्क गरेको जानकारी दिए ।
चिकित्सा शिक्षा ऐनमा संशोधन गरेर भए पनि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गर्न सरकार लागिपरेको जानकारी मन्त्री बस्नेतले दिए ।
















निपाह भाइरसको सङ्क्रमण फैलिन नदिन पश्चिमी नाकामा निगरानी
जुम्लाका ५२ मतदानस्थलअति संवेदनशील
WB approves $95 million to expand access to finance for over 100,000 SMEs
Ukrainian President: De-Escalation with Russia Boosts Confidence in Negotiations
प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु
प्रतिक्रिया