अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा ‘दिपल एस०७’

काठमाडौँ । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदीप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस ०७ खरिद गरेका छन्।
पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा एक्लो लगायत थुप्रै चलचित्रमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदीप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए। त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याति कमाएका अभिनेता शाहीले पनि भर्खरै दिपल एस ०७ खरिद गरेका हुन्।
शाही र खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा गौरवान्वित भएको एमएडब्लू वृद्धिले बताएको छ। उत्कृष्टताप्रति उनीहरूको प्रतिबद्धता र उनीहरूको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्णरूपमा मेल खान्छ ।
कम्पनीका अनुसार एक दर्जनभन्दा बढी इन्डस्ट्री फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ। यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको बताइएको छ।
















खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
नेता बाँस्कोटाको व्यंग्य-‘मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ’
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया हुँदै
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया