‘मेलम्चीको पानी, हामीले कहिले खाने ?’
मेरोन्यूज
२०८० पुष ४ गते १४:०३

काठमाडौं। मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीबिरुद्ध नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
लामो समय हुँदा पनि मेलम्ची खानेपानी उपलब्ध हुन नसकेको भन्दै नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले मेलम्चीको पानी हामीले कहिले खाने रु,मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गरलगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
नेविसंघ काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष अशुंल केसीले मेलम्ची आयोजनामा अनियमितता र भ्रष्टाचार भएकै कारण लामो समयसम्म मेलम्ची खानेपानी सहज रुपमा उपत्यकामा वितरण हुन नसकेको बताए । उनले मेलम्ची खानेपानी छिटो ल्याउने वातावरण बनाउन खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको जिकिर गरे।
मेलम्ची खानेपानीमा अब पनि ढिलाइ भए थप आन्दोलन गर्ने चेतावनी नेविसंघले दिएको छ ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया