बुधबार, वैशाख २३, २०८३

देशभर आंशिक बदली,चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

मेरोन्यूज २०८० पुष ५ गते ६:५६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

Advertisement
NiccNicc

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज बिहीबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। बिहीबार राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम भने घट्दो क्रममा रहेको छ। देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया