नेपाल र श्रीलंकाका विदेशमन्त्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारे छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलङ्काली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबिच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ ।
बिहीबार काठमाडौँमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिएका हुन् ।
मन्त्री साउदले छलफलमा दुई पक्षीय सम्बन्धहरूको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेसनका बारेमा छलफल भएको बताए । उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षीय फोरमहरूमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि जिकिर गरे ।
यस्तै श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्रीले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन लगायतका क्षेत्रमा नेपाल र श्रीलंकाबिच सहकार्य गरेर जाने बारेमा छलफल भएको बताए। उनले सार्क र बिमस्टेक लगायतका क्षेत्रीय कार्यक्रमहरूमा विशेष जोड दिई अघि बढ्ने बारेमा पनि छलफल भएको बताए ।








कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
UML 11th National Congress: Candidacy filing taking place today
सिकारीको बन्दुक पड्किँदा…
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया