लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ :परराष्ट्रविद् आचार्य

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नु भनेको प्रतिरक्षाका लागि सेनापालेजस्तै भएको बताए ।
ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवस कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका रुपमा विकट भौगोलिक अवस्था, पुर्खाको वीरता र कूटनीतिक क्षमता तथा बहुसांस्कृतिक विविधता रहेको स्पष्ट गरे ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपाली पूर्वराजदूत आचार्यले भने, “ठाडोभाका गण्डकी प्रदेशको मात्र नभई राष्ट्रको नीति हो, यसले ऋग्वेदको झल्को दिन्छ । यस्ता सम्पत्तिको संरक्षणमा राज्यले ध्यान पु¥याउनुपर्छ, सातै प्रदेशका लोक संस्कृतिको विकासका लागि सङ्ग्रहालय खोल्नुपर्छ ।”
सामाजिक अभियन्ता एवं संस्कृतिप्रेमी लालबहादुर भुजेलले गीतसङ्गीत तथा भाषा, सहित्य र कलाका संरक्षणमा सबै जातजाति र समुदायले विशेष ध्यान पु¥याउनुपर्ने आवश्यकतामा जोड दिए ।
पूर्वप्रशासक पृथ्वी अधिकारीले संस्कार र सांस्कृतिक देशको महत्वपूर्ण शक्ति र पहिचान रहेको धारणा राखे ।
गायिका तामाङले गण्डकी क्षेत्रको महत्वपूर्ण पहिचानका रुपमा रहेका ठाडोभाकासहित २० लोकभाकामा गीत सिर्जना र मिठास गायन प्रस्तुत गर्ने क्षमता रहेको कार्यक्रममा सहभागी अन्य गीत र सङ्गीत क्षेत्रका सर्जकले बताए । त्यस्ता मौलिक गीत गण्डकी प्रदेशका गाउँघरमा मेलापात, दाइँ, पर्व, जात्रा र विविध कार्यक्रममा गाइने गरिन्छ ।
उनले आफ्ना छोरा हालका उपरथी आशबहादुर तामाङसँग ७२ वर्षको उमेरमा राष्ट्रप्रेम झल्काउने ठाडोभाकामा म्युजिक भिडियोमा समेत गायन प्रस्तुत गरेका छन् । लोप हुन लागेका लोकगीत तथा लोक भजनको सँगालो ‘धन’मा उनले त्यस उमेरमा पहिलोपटक रेकर्ड गराएका हुन् ।
उनले मुलुक द्वन्द्वमा रहेका बखत शान्तिका कामना गर्दै त्यसतर्फ प्रेरित गर्न ७४ वर्षको उमेरमा अन्तिम गीतका रुपमा ठाडो र ढिलोभाकामा रेकर्डिङ भएका गीतको म्युजिक भिडियो कार्यक्रममा प्रस्तुत गरियो ।
विसं १९८७ मा फागुन २० गते लम्जुङको काफस्वाँरामा जन्मिएकी गायिका तामाङ सामान्य कुरा गर्दा होस् वा कसैलाई आशीर्वचन प्रदान गर्दासमेत ठाडोमात्र नभई झ्याउरेसहित विभिन्न भाकामा सहजरुपमा गीत प्रस्तुत गर्न खप्पिस भएको स्मृति सभामा सम्झना गरियो ।
सर्जक तामाङका नाति डा आयुष तामाङले हजुरआमाको दाइ र झ्यारे गीत गायनको स्मरण गर्दै स्वदेशमा वा विदेशमा रहेबसेका सबै नेपालीले राष्ट्रको गौरवका रुपमा रहेका संस्कृति र सम्पदा संरक्षणका क्षेत्रमा काम गर्नुपर्ने विचार प्रकट गरे ।
लम्जुङ दुराडाँडा साहित्य समाजका अध्यक्ष देवी न्यौपाने लगायतले गायिका तामाङले सानै उमेरदेखि गीत सिर्जना गर्ने र गायन प्रस्तुत गर्ने गरेको आफूहरुले जानकारी पाएको बताए ।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया