बुधबार, वैशाख २३, २०८३

यस्तो छ आजको मौसम पूर्वानुमान

मेरोन्यूज २०८० पुष ६ गते ६:४४

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

Advertisement
NiccNicc

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार)बिहानसम्म देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ,भने शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

शुक्रबार राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टाको अवधिमा देशभर नै तापक्रम घट्दो क्रममा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया