स्कुलले चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न लगाए कारबाही हुने
मेरोन्यूज
२०८० पुष ६ गते १२:१५

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ।
शुक्रबार नगरभित्रका विद्यालयका नाममा सूचना निकालेर महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

सम्बन्धित








सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती
तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
प्रतिक्रिया