५६ वर्षमा दाेस्राे विवाह गर्दै अरबाज खान, को हुन् प्रेमिका ?

काठमाडौं । बलिउड अभिनेता तथा निर्माता अरबाज खान दोस्रो विवाह गर्न लागेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ५६ वर्षीय खानले यही डिसेम्बर २४ मा परिवार र नजिकका केही साथीहरूको उपस्थितिमा विवाह गर्न लागका हुन् ।
अरबाजले मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गर्न लागको उनको पारिवारिक स्रोतले जनाएको छ ।
शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाकी व्यक्तिगत मेकअप आर्टिस्ट हुन्। उनको ‘पटना शुक्ला’ फिल्मको सेटमा अरबाजसँग भेट भयो । दुवै एकअर्कालाई लिएर गम्भीर छन् र अब छिट्टै विवाह गर्न चाहन्छन्।
अरबाजको हालसालै जर्जियासँग ब्रेकअप भएको थियो ।अहिलेसम्म
उनी मोडल जर्जिया एन्ड्रियानीलाई डेट गर्दै थिए । तर, ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही समयअघि उनीहरुको ब्रेकअप भएको थियो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन्।
सन् १९९८ मा अरबाजले मोडल–अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् ।
हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया