कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार बढीको आवेदन

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। यो अहिलेसम्मकै बढि आवेदन हो ।
वैदेशिक रोजगार विभागका इपिएस शाखाका अनुसार अन्तिम दिन शुक्रबार राति १२ बजेसम्म १४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएका हुन् ।
पुस २ गतेदेखि ६ गतेसम्म फाराम भर्ने समय दिइएको थियो । कोरियाले उत्पादनमूलक तर्फका लागि १५ हजार ४४८ जनाका लागि आवेदन माग गरेको थियो ।
गएको साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सहभागि नगर्ने गरी आवेदन खुलाइएको थियो।
तर अनुत्तीर्ण भएका १८ जनाले यस निर्णयमा असहमती जनाउँदै उच्च अदालत पुगेका थिए। अदालतले जहाज निर्माणसम्बन्धि परिक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि यसपटकको भाषा परीक्षामा सामेल गराउन आदेश दिएको थियो ।
अदालतको आदेशपछि उनीहरूलाई समेत फाराम भर्न दिइनेछ। उनीहरूले समेत फाराम भरेको खण्डमा आवेदन दिनेको सङ्ख्या १ लाख ७२ हजार भन्दा माथि पुग्ने इपिएस शाखाले जनाएको छ ।
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया