एनआइसी एशिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड’

काठमाडौं । एनआईसी एशिया बैंकले मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ्ग तथा कार्ड भुक्तानी सेवा प्रदान गरेकोमा प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३’ प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टसबाट सम्मानित भएको हो ।
बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी सेवा साइबरसोर्स प्लेटफर्म तथा विभिन्न कार्डहरुबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यस सेवाबाट बैंकले ई–कमर्श कम्पनीहरु, एयरलाइन्स, मोबाइल वालेट, ट्राभल्स् एण्ड टुर, हेन्डीक्राफ्ट तथा अन्य व्यवसायीक क्षेत्रका हजारभन्दा धेरै संघसंस्थालाइ साइबरसोर्स सेवा उपलब्ध गराएको र मुलुकको बैंक तथा वित्तीय क्षेत्रलाई डिजिटल सेवामा रुपान्तरण गर्ने गरी अन्य भ्यालु एडेड सेवाहरु उपलब्ध गराउन सफल भएको भन्दै बैंकलाई उक्त अवार्डहरु प्रदान गरिएको बैंकले जनाएको छ ।
लाखौं ग्राहकरुमाझ डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ विभिन्न डिजिटल तथा कार्ड सेवाहरु उपलब्ध गराउँदै आएको बैंकले प्राप्त गरेको यस सम्मानले यी सेवाहरुलाई अझ बढी परिस्कृत गर्दै बढीभन्दा बढी ग्राहक तथा मर्चेन्टहरुमा पु-याउन टेवा पुग्ने विश्वास लिएको छ ।
यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३९३ एटिएम, ९२ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गदैं आएको छ।
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया