भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

काठमाडाैँ । भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कविता सङ्ग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तक सङ्ग्रह ‘फूलको प्रहार’ विमोचन गरेको हो ।
रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए । “उताराखण्ड र सुदूरपश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो”, उनले भने, “सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ ।” दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले सम्बन्ध प्रगाढ बनाएको उनको भनाइ थियो ।
उत्तराखण्डका डा पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए । “हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ”, उनले भने, “सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ ।” उनले समयसमयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको बताए ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया