अरनिको अन्तर्राष्ट्रिय पुरस्कार विजयको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई

काठमाडाैँ । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ( २०७९) विजय हितानको उपन्यास लाहुरेको रेलिमाई लाई प्रदान गर्ने निर्णय गरिएकाे छ ।
गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई २०७७ सालदेखि प्रत्येक वर्ष छनाेट गरि २ लाख नगद राशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने गरेको छ ।
यस वर्ष २०७९ को पुरस्कारका लागि सो वर्षभरिमा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय गरिएकाे अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनाु लाई प्रदान गरिएको थियो,भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइबालाई पुरस्कृत गरिएको थियो ।

गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान लाहुरेको रेलिमाई ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।
त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनले बाँचेको समाजका अनेक पाटाहरूलाई पनि यस उपन्यासले प्रभावशाली र प्रमाणिकरूपमा उद्घाटित गरेको छ।
पुरस्कृत कृति लाहुरेको रेलिमाई का लेखक विजय हितानलाई गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच नगद पुरस्कार र सम्मानपत्र सहित यो पुरस्कार प्रदान गर्नेछ ।
आईतबार सम्पन्न सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिको बैठकले छनौट समितिको उक्त सिफारिससँगै लाहुरेको रेलिमाई लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि अनुमोदन गरेको पुरस्कार ब्यबस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिए ।
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया